मोबाइलमा चर्को बोल्दा फुपूकी छोरीको हत्या
काठमाडौँ । राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।
सुनमाया मामासँग काठमाडौँको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन । १ कात्तिक २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौँमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुल्यो । २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए ।
दुवै जनाले बेलुकाको खाना खाएपश्चात् सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठुलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्नदेउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ ।
विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन् । घटनामा समरको बुढी औँलामा चोट लागेको थियो । उक्त हँसिया खोस्दा हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए । सुनमाया बेहोस भइन् । लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पुर्याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन ।
सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
-
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण