नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएन : अध्यक्ष नेपाल
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताएका छन् । तेस्रो लगानी सम्मेलनमा जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपालमा अनावश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरू इच्छुक रहेको विदेशी लगानीकर्ताहरूले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो ।
उनले भन्, ‘हाम्रो नेपाली समाजमा भ्रष्टाचार भइराखेको छ । राज्य प्रणालीहरू अत्यन्तै भ्रष्ट भएका छन् । यसमा कसरी व्यापक सुधार गर्ने हो ? हाम्रो चासो र चिन्ताको विषय त्यही छ । हाम्रो देशमा किन उत्पादन बढिरहेको छैन, लगानी किन प्रवर्द्धन भइरहेको छैन ? अहिले वैदेशिक लगानी लगानी सम्मेलन चलिरहेको छ । स्वदेशी, विदेशी दुवै लगानी । वैदेशिक लगानी मात्रै होइन, स्वदेशी पनि । विभिन्न देशका पनि आएका छन् । नेपालमा लगानी गर्न चाहन्छन् । अनि लगानी गर्न आउनेहरू उत्साहित हुँदैनन् । कारण के हो ? त्यसको खोजी गर्नुपर्यो । मसँगै भनेको छन् कतिले–हामी नेपाललाई कुनै नोक्सान नहुने गरी, नोक्सान हामी बेहोर्ने गरी हामी विभिन्न कारखाना खोल्न चाहन्छौँ । तर हामीलाई गुण्डाबाट बचाउनु पर्यो । डनबाट जगाउनु पर्यो । अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनु पर्यो । हामीलाई अरू किसिमको झन्झटबाट मुक्त गरिदिनु पर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण