कर्णालीका मुख्यमन्त्रीको दाबीः मन्त्री नभए पनि कुनै काम रोकिएको छैन
सोमबार, १७ वैशाख २०८१, १६ : ०९
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको प्रस्ट पारे ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए पनि उनले अहिलेसम्म सरकार विस्तार गर्न सकिरहेका छैनन् । केही मन्त्रालय फागुन २२ देखिनै मन्त्रीविहीन अवस्थामा छन् ।
अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् । ‘मन्त्रालय खाली भए पनि काम रोकिएको छैन, छिटै पूर्ण आकारको सरकार देख्नु पाउनुहुन्छ,’ उनले भने ।
साथै उनले ०८१–०८२ को नीति, कार्यक्रम र बजेट ल्याउने विषयमा सुधारका निमित्त अग्रसर हुनुपर्ने बताए । ‘त्यसका लागि सांसदहरूले सुझाव दिन सक्नुहुने छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण