अदालत
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
आइतबार, १६ वैशाख २०८१, १८ : ००
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कारसम्बन्धी मुद्दा अर्को हप्ता प्राथमिकताका साथ पेशीमा राखिने भएको छ । आइतबार समय अभावले हेर्न नभ्याइने भएपछि अर्को हप्ता सुनुवाइ हुने भएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द्र र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले भनेको छ, ‘यसमा पक्षहरूको तर्फबाट रहनुभएका कानुन व्यवसायीहरूको सङ्ख्या र निजहरूको बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौँ नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइने हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाई नियमानुसार पेस गर्नु ।’
अर्को पेशी वैशाख २३ गतेका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण