बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोटमा स्काभेटर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते

सोमबार, १७ वैशाख २०८१, १० : ४०
सोमबार, १७ वैशाख २०८१

सुर्खेत । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् ।

यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँमा दुर्घटना भएको हो ।

छातिदेखि दहिखोलातर्फ जादै गरेको क.प्र. ०२–००१ क ०१२९ नम्बरको स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप