उच्च जीवनस्तरका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्दै
काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।
आइतबार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसङ्ख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो ।
तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताए । उनले निम्न वर्गका ५१ प्रतिशत जनसङ्ख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताए । उनकाअनुसार कर्णाली प्रदेशमा करिब ४.२ प्रतिशत मात्रै जनसङ्ख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।
तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरूको जनसङ्ख्या करिब २२ लाख रहेको छ । निर्देशक लामिछानेले नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिएको बताए । उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसङ्ख्या घट्दै र तराईको जनसङ्ख्या बढ्दै गएको देखिएको बताए । उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए ।
उनले पहाडी जिल्लाका काठमाडौँ र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसङ्ख्या कम देखिएको उल्लेख गरे । तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसाबमा ०–१४ वर्षसम्मका बालबालिकाको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसङ्ख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । उनले नेपालको काम गर्नसक्ने जनसङ्ख्या ६२ प्रतिशत रहेको बताए ।
उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसङ्ख्या कम रहेको बताए । उनले जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसङ्ख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण