दल अदलबदलमा बित्यो बाबुरामको ८ वर्ष
काठमाडौँ । माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहका योजनाकार रहेका डा. बाबुराम भट्टराईले २०७२ असोज ९ गते नयाँ वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी परित्याग गरे । त्यतिबेला संवैधानिक राजनीतिक संवाद समितिका सभापतिसमेत रहेका उनले नयाँ संविधान जारी भएपछि तत्कालीन एकीकृत नेकपा माओवादीको औचित्य समाप्त भएको निष्कर्ष निकाले ।
‘सामन्ती एकात्मक राजतन्त्र ढाल्न हामीले माओवादी बनायौँ । अब नयाँ युगका लागि पुरानो पार्टीले पुग्दैन । नयाँ ढङ्गले नयाँ पार्टी निर्माण गरेर जानुपर्छ,’ उनले त्यतिबेला भनेका थिए । त्यसका लागि नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ संगठन आवश्यक पर्ने उनको भनाइ थियो ।
बाबुरामले त्यतिबेला भनेका थिए– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै समाजवादको दिशामा जान नयाँ नेतृत्व आवश्यक पर्छ । त्यसका लागि आजैबाट लागु हुने गरी एमाओवादीको साधारण सदस्यसमेत त्याग गरेको छु । साथै प्रतिनिधिसभा सदस्यबाट पनि राजीनामा दिएको सूचना सभामुखलाई दिएको छु ।
उनले माओवादी परित्याग गरेको पनि ८ वर्ष ६ महिना भइसकेको छ । तर यो अवधिमा न उनले परिकल्पना गरेजस्तो नयाँ वैकल्पिक शक्ति निर्माण गर्न सके, न यथास्थितिमा रुमल्लिएको राजनीतिबाट मुक्त गरी आर्थिक विकास र समृद्धिको जगमा समाजवादको दिशा पक्रिन सफल भए ।
त्यतिबेला बाबुरामले परिकल्पना गरेका पाँच ‘स’ अर्थात् समतामूलक समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन सदाचार, स्वाधीनता सार्वभौमिकता र समुन्नत समाजवादीको भिजन अहिले अलपत्र छ । यो अवधिमा उनले दल अदलबदलमा कीर्तिमान बनाएका छन् । लामो समय माओवादी आन्दोलनलाई साथ दिएका बाबुराम पार्टी निर्माणमा भने असफल देखिएका छन् ।
यसबिचमा बाबुरामले एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपामा जाने प्रयत्न पनि नगरेका होइनन् । २०७४ असोज १७ गते राष्ट्रिय सभागृहमा दुई ठुला वाम दलबिच एकता घोषणा सभामा भट्टराई समेत सहभागी भएका थिए ।
पछिल्लो समय नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका बाबुराम अहिले फेरि पार्टी विभाजन सामना गर्ने परिस्थिति झेल्दैछन् । पढाइमा सधैँ अब्बल रहेका बौद्धिक उनले राजनीतिमा भने आफूलाई त्यसरी अब्बल साबित गर्न सकेनन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनी समकालीन राजनीतिज्ञमध्ये सरल र इमानदार नेताको छवि बनाउन भने सफल भएका छन् । उनको यही अवस्थाको फाइदा प्रतिस्पर्धी दल र नेताहरूले उठाइरहेका छन् ।
नयाँ वैकल्पिक शक्ति निर्माणका क्रममा २०७३ जेठ ३० गते दशरथ रङ्गशालाबाट धूमधामसँग उनले घोषणा गरेको नयाँ शक्ति नेपाल २०७४ को निर्वाचनसँगै समाप्त भयो । गोरखा–१ बाट बाबुराम कांग्रेसको समर्थनमा चुनाव जित्न सफल भए । उनीबाहेक प्रतिनिधिसभा सदस्यमा नयाँ शक्ति नेपालबाट अरू कोही निर्वाचित हुन सकेन । जनमतबाटै बाबुरामको समृद्धिको यात्रा समाप्त भयो ।
यसबिचमा बाबुरामले एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपामा जाने प्रयत्न पनि नगरेका होइनन् । २०७४ असोज १७ गते राष्ट्रिय सभागृहमा दुई ठुला वाम दलबिच एकता घोषणा सभामा भट्टराई समेत सहभागी भएका थिए । यद्यपि नेकपा गठन हुँदासम्म राजनीतिका चतुर खेलाडी प्रचण्डका कारण उनी रिङआउट भए । त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी मिलेर बनेको सङ्घीय समाजवादी नेपालसँग एकता प्रक्रियामा जोडिन पुगे ।
प्रचण्डका लागि निर्वाचन क्षेत्र त्याग गर्नुका साथै माओवादीकै चुनाव चिह्न लिएर २०७९ को निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार खडा गरेका बाबुराम यतिबेला सङ्घीय संसद् र प्रदेश सभाका सांसदसमेत गुमाउने अवस्थामा पुगेका छन् ।
बाबुरामको नयाँ शक्ति नेपाल २०७६ वैशाख २३ गते सङ्घीय समाजवादी पार्टीमा विलय भयो । एकतापछि कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्को अध्यक्ष बाबुराम भए । सङ्घीय समाजवादीमा उपेन्द्रको दबदबामाथि उनले हस्तक्षेप गर्न सकेनन् । मधेसी जनमत हाबी रहेको सङ्घीय समाजवादीमा गोरखाबाहेक बाबुरामले पहाडमा आफ्नो पकड बढाउन सकेनन् ।
पार्टी गठन भएको एक वर्ष नपुग्दै सङ्घीय समाजवादी विभाजन उन्मुख भयो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि २०७७ साल वैशाख १० गते मध्यरातमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टीबिच हतारमा पार्टी एकता भयो र तत्काल विभाजन हुनबाट पार्टी जोगियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राखियो । सो पार्टीमा पनि बाबुराम सङ्घीय परिषद् अध्यक्ष भए । ठाकुर र यादव कार्यकारिणी अध्यक्ष भए । यो पार्टीमा उनको हैसियत चौथो स्थानमा खुम्चियो । जसपाभित्र यादव र ठाकुरकै दबदबा रह्यो ।
अध्यक्षद्वय ठाकुर र यादवबिच सत्ता स्वार्थ र शक्ति सङ्घर्ष उत्कर्षमा पुग्यो । २०७८ साल साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले र जसपा विभाजन गर्न सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । भदौ ९ गते जसपाबाट ठाकुर समूह अलग भई लोकतान्त्रिक पार्टी गठन ग¥यो । भट्टराई र यादवले जसपा पुनर्गठन गरे । पुनर्गठित पार्टीका कार्यकारी अध्यक्ष यादव नै रहे । सङ्घीय परिषद् अध्यक्षमा बाबुरामले नै निरन्तरता पाए ।
असोज ३० गते आफूलाई बाइपास गरी प्रचण्डले अर्का अध्यक्ष महिन्द्रलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि बाबुराम माओवादीप्रति थप सशङ्कित भए ।
तथापि बाबुराम र यादवबिचको सम्बन्ध धेरै समय सुमधुर हुन सकेन । पार्टीभित्र बाबुराम र यादवबिच द्वन्द्व उत्कर्षमा पुग्यो । २०७९ असार २८ गते बाबुराम सहमतिमै अलग भए । नयाँ शक्तिबाट विलय भएको तीन वर्षपछि भट्टराई फेरि ग्राउण्ड जिरोमै फर्किए ।
साउन २१ गते बाबुरामले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरे । नेसपाबाटै अब नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने र त्यसको जगमा आर्थिक विकास तथा समृद्धिको यात्रा तय गर्ने उनले घोषणा गरे । त्यतिबेला उनलाई नेता महिन्द्र राय यादव र गंगानारायण श्रेष्ठले साथ दिएका थिए । भट्टराई र महिन्द्र नेसपाका अध्यक्ष बने भने गंगा सहअध्यक्ष ।
२०७९ साल मङ्सिर ४ गतेको निर्वाचनअघि बाबुरामले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरे । पुरानो घर नफर्किने ७ वर्षअघिको वाचा तोड्दै बाबुराम रातो स्टिकर लगाएकै घरमा फर्किन राजी भएका थिए । करिब २५ वर्ष सहयात्रा गरेका प्रचण्ड–बाबुरामबिच पुनर्मिलनको खबरले माओवादी नेता तथा कार्यकर्ता निकै उत्साहित भएका थिए । पार्टी एकता गर्ने सर्तसहित नेसपाले माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । त्यतिमात्र नभइ आफूले २०६४ देखि निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ उनले प्रचण्डलाई छोडेर उदारता देखाए । यो उनको ठुलो राजनीति त्याग थियो । आफू तत्कालका लागि सङ्घीय संसदमा आउने बाटो बन्द गरे पनि निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर नेसपाबाट सङ्घमा दुई, बागमती र गण्डकी प्रदेशसभामा एक÷एक सिट जिताउन उनी सफल भए ।
नेसपाले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले महिन्द्र पक्षका नेताहरूलाई पदमुक्त गरेको छ । बैठकमा माओवादीको चुनाव चिह्न लिनु र प्रचण्डलाई गोरखा–२ छाड्नु गल्ती भएको भन्दै बाबुरामले आत्मालोचना गरेका छन् ।
गत वर्ष चैत ३ गते बाबुरामले माओवादीलाई पार्टी एकताका लागि ९ बुँदे आधार पत्र पठाए । तर त्यसको जवाफ माओवादीबाट नआएको भन्दै उनी प्रचण्डसँग असन्तुष्ट भए । २०८० असार ४ गते आफूलाई बाइपास गरी माओवादीसहित जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन भएपछि प्रचण्डसँग बाबुराम निकै चिढिए ।
असोज ३० गते आफूलाई बाइपास गरी प्रचण्डले अर्का अध्यक्ष महिन्द्रलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि बाबुराम माओवादीप्रति थप सशङ्कित भए । सोही घटनाबाट झाङ्गिएको प्रचण्ड र बाबुराम बिचको सम्बन्ध यही चैत ३ गते आएर टुटेको छ । माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा नेसपाभित्र चुलिएको विवाद अन्ततः नेसपा विभाजनतर्फ मोडिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता समायोजन समितिका संयोजक समेत रहेका बाबुरामलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्र पक्षले माओवादीसँग पार्टी एकता गर्ने ४ बुँदे सहमति गरेसँगै नेसपा विभाजन भएको हो । सोमबार बसेको नेसपाको केन्द्रीय समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको छ ।
नेसपाले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले महिन्द्र पक्षका नेताहरूलाई पदमुक्त गरेको छ । बैठकमा माओवादीको चुनाव चिह्न लिनु र प्रचण्डलाई गोरखा–२ छाड्नु गल्ती भएको भन्दै बाबुरामले आत्मालोचना गरेका छन् । पुराना पार्टी कांग्रेस, एमाले, माओवादी लगायत दलहरूबाट आर्थिक विकास र समृद्धिको यात्रा पूरा नहुने भन्दै उनले नयाँ वैकल्पिक शक्तिको विकल्प नेसपा भएको धारणा राखेका थिए । तर बाबुराम पक्षको निर्णयलाई चुनौती दिँदै महिन्द्र पक्षधरले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
प्रचण्डका लागि निर्वाचन क्षेत्र त्याग गर्नुका साथै माओवादीकै चुनाव चिह्न लिएर २०७९ को निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार खडा गरेका बाबुराम यतिबेला सङ्घीय संसद् र प्रदेश सभाका सांसदसमेत गुमाउने अवस्थामा पुगेका छन् । यद्यपि विकास र समृद्धिको यात्रामा एक्लै भए पनि अन्तिममा सत्यकै जित हुने उनको दाबी छ ।
प्रचण्डले सत्ताको आडमा राजनीतिक ठगी गरेको आरोप लगाएका बाबुरामले नेसपालाई पुनर्गठन गरी नयाँ वैकल्पिक शक्ति बनाउने सपना भने अझै छोडेका छैनन् । यसरी वैकल्पिक नयाँ शक्तिको नयाँ यात्रामा निस्किएका बाबुरामलाई योपटक ३५ वर्षसम्म सहयोग गरेका गंगाले समेत साथ छोडेका छन् । नेसपाको राजनीतिक भविष्यमाथि देखिएको सङ्कट कसरी मोचन हुन्छ, अहिले नै भन्ने अवस्था छैन । बाबुरामले अन्य पार्टी रोज्छन् कि नेसपालाई नै पुनर्गठन गरेर अगाडि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ ।