त्यो झोलामा के रहेछ ?
बिहीबार, ०८ चैत २०८०, २१ : ३४

देखेँ अनि झट्ट सम्झेँ !
अहो ! यो त बडो विचित्रको रहेछ
कति अस्थिर वेगसँग कुदिरहेछ
भर्खरै त भमरासँग दोहोरी गाउँदै थियो ।
पलभरमै जुन-ताराका भान्छे भएछ
इन्द्र धनुषझैँ रङ्गिएको
कस्तुरीझैँ मगमगाएको
विधुवाको सिउँदोझैँ उजाड रहेछ ।
चन्द्रमाझैँ एक्लो पनि छर्लङ्ग छाया दिने
किन फर्की-फर्की अँगालेको होला औँसीलाई
अब मितेरी गाँस्नु अग्निसँग
सारथि बन्नु दाउरासँग ।
छुट्छन् अब सदा-सदाझैँ गरी
चिता मुर्दासँग शोक मनाइरहेछ
देखे अनि झट्ट सम्झेँ
त्यो झोलामा के रहेछ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर