त्यो झोलामा के रहेछ ?
बिहीबार, ०८ चैत २०८०, २१ : ३४
देखेँ अनि झट्ट सम्झेँ !
अहो ! यो त बडो विचित्रको रहेछ
कति अस्थिर वेगसँग कुदिरहेछ
भर्खरै त भमरासँग दोहोरी गाउँदै थियो ।
पलभरमै जुन-ताराका भान्छे भएछ
इन्द्र धनुषझैँ रङ्गिएको
कस्तुरीझैँ मगमगाएको
विधुवाको सिउँदोझैँ उजाड रहेछ ।
चन्द्रमाझैँ एक्लो पनि छर्लङ्ग छाया दिने
किन फर्की-फर्की अँगालेको होला औँसीलाई
अब मितेरी गाँस्नु अग्निसँग
सारथि बन्नु दाउरासँग ।
छुट्छन् अब सदा-सदाझैँ गरी
चिता मुर्दासँग शोक मनाइरहेछ
देखे अनि झट्ट सम्झेँ
त्यो झोलामा के रहेछ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण