सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

शुक्रबार, ०९ चैत २०८०, १८ : ३५
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । शुक्रबार भवनको सहरी विकास मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत उक्त भवन बनेको हो । 

उद्घाटन समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ज्येष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३.७८ करोड भारु अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप