प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि लागु औषध कारोबारीमाथि गोली प्रहार
झापा । झापामा प्रहरीले सोमबार एक लागु औषध कारोबारीमाथि गोली प्रहार गरेको छ । नियन्त्रणमा लिने क्रममा ती कारोबारीले प्रहरीमाथि नै खुकुरीले आक्रमण गर्न खोजेपछि गोली प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका हुन् ।
गोली प्रहारबाट झापा गाउँपालिका–४ खैरबारी बस्ने २५ वर्षीय सरिफूल आलम घाइते भएका छन् । उनको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा दुई राउन्ड गोली लागेको छ । आलमलाई नियन्त्रणमा लिएर उपचारको लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।
उपरीक्षक चन्दका अनुसार झापा गाउँपालिका–३ कामाटोलीस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागु औषध कारोबार भइरहेको गोप्य सूचना प्राप्त गरेको थियो । सोही सूचनाको आधार जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काकारभिट्टाबाट खटिएको संयुक्त टोली साँझ करिब ६ बजे त्यहाँ पुगेको थियो ।
प्रहरीले आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ एक थान र खुकुरी एक थान बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण