समीर र सिताले ल्याए लोकदोहोरी गीत ‘रातो फेटाले’
शनिबार, १० चैत २०८०, ११ : ०७

काठमाडौँ । गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक भएको छ । भानुभक्त कटुवालको शब्द रहेको गीतमा संगीत गायक आचार्यले आफैँले दिएका छन् ।
गीतमा संगीत संयोजन आरके मिलनको छ । एक जोडी युवायुवतीले एक अर्को मन परेको कुरा व्यक्त गरिएको रोमान्टिक शैलीमा तयार गीतको म्युजिक भिडियो पनि बनेको छ ।
भिडियोमा प्रकाश सोनी, पुष्पा परियार, वेद आचार्य र कल्पना खड्काको अभिनय छ । राजाराम सिम्खडाको कोरियोग्राफी रहेको भिडियोमा विशाल गोङ्वाको छायांकन र रोशन धितालको सम्पादन छ ।
भिडियोका निर्देशक मिलन श्रेष्ठ हुन् । गायक समीर र गायिका सिता प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रलाई माया गर्दै गीत संगीत निकाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?