आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमा समस्याका कारण गायक आशिष सचिनले रद्द गरे सिड्नी कार्यक्रम

शनिबार, १० चैत २०८०, २० : ३२
शनिबार, १० चैत २०८०

काठमाडौंँ । गायक आशिष सचिनले अहिले अष्ट्रेलिया टुरमा छन् । बिभिन्न शहरमा सांगीतिक कार्यक्रम गर्ने उदेश्यले उनी केही अगाडि अष्ट्रेलिया पुगेका हुन् । अष्ट्रेलियामा होलीको अवसर पारेर आइतबार (२४मार्च) मा सिड्नीमा आयोजना हुने उनको पूर्वनिर्धारित सांगीतिक महोत्सवमा भने उनले प्रस्तुति नदिने भएका छन् ।

अचानक स्वास्थ्यमा देखिएको समस्याको कारण सिड्नीको पूर्वनिर्धारित कार्यक्रममा आफु सहभागी हुन नसक्ने उनले सामाजिक सञ्जालमा उक पोष्ट गर्दै जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सिड्नीमा हुन गैरहेको साङ्गीतिक महोत्सवमा मेरो प्रस्तुति हुने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा अचानक मेरो स्वास्थ्यमा आएको समस्याको कारण सो कार्यक्रममा उपस्थित हुन नसक्ने भएकोले यसको कारण हुने असुविधाप्रति सम्पूर्ण आदरणीय दर्शक तथा श्रोतागणसँग हृदयदेखि माफ चाँहन्छु ।’

उनले पछिल्लो दिनमा विभिन्न स्थान तथा कार्यक्रममा कलाकार तथा संगीतकर्मीलाई आफैंले निमन्त्रणा गरि उनीहरुको मान र प्रतिष्ठामा आँच आउँने किसिमका अभद्र व्यवहार हुने गरेकोले त्यस्तो ब्यवहार कसैले समेत नगर्न अनुरोध समेत गरेका छन् ।

सचिन पछिल्लो समय देशविदेशको कार्यक्रममा अत्याधिक ब्यस्त हुने गायक हुन् । उनका ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘झ्याई झ्याई पञ्चे बाजाले’ लगायतका थुप्रै गीत हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप