शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकीको अध्यक्षमा गुरुङ

शनिबार, १० चैत २०८०, २१ : ३३
शनिबार, १० चैत २०८०

पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा जीतबहादुर गुरुङ चयन भएका छन् । शनिबार भएको पहिलो प्रदेश अधिवेशनले गुरुङको नेतृत्वमा ३१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या.बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए ।

यसबाहेक २३ जना कार्यसमिति सदस्य छन् । उनीहरू मध्येबाट नै कोषाध्यक्ष चयन गरिनेछ । केही सदस्यहरू पछि मनोनीत हुने प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप