लीलाराजको ‘छुट्ने बेला’ सार्वजनिक
आइतबार, ११ चैत २०८०, ११ : ५७
_9drBS5OSYS.jpg)
काठमाडौँ । गीतकार लीलाराज काम्बाङ म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका सार्वजनिक म्युजिकल फिल्म २८ मिनेटको रहेको छ ।
कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ, गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका उपस्थिति थियो । गीतमा साइराज खाती र मुना ठटालको स्वर छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।
युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शङ्कर थापा स्माइलको संगीत छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् ।
म्युजिकल फिल्ममा सम्राट अधिकारी, प्रतीक्षा लिम्बु, मीन बहादुर गुरुङ, कृष्ण बोहरा, शङ्कर थापा ईमाइल लगायतको अभिनय छ । विशाल थापाको छायाङ्कन, दिन्शन शाहको सम्पादन रहेको म्युजिक फिल्मको निर्देशक गणेश शाहीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?