मन्थली–लुक्ला उडान सुरु
मन्थली । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।
पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरुले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् ।
पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बुक्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो । शुक्रबारदेखि उडान सुरु गरेपनि मौसमले साथ नदिएको उनको भनाइ छ ।
आजदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्ययन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताइन् । मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण