फ्लोरिडामा १४ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
वाशिङ्टन डीसी । अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने कानुन बनाएको छ । त्यहाँका गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउनेछ ।
यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् । अनलाइनमा बालबालिकाको सुरक्षालाई बलियो बनाउन यो पहल गरिएको हो । यो कानुनको उल्लङ्घन गर्नेहरू कारबाही गरिनेछ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ ।
यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको लागि ५० हजार डलर जरिवाना तिर्नु पर्नेछ । सो कम्पनीले वकिलको शुल्क र अदालतको खर्च सबै पनि बेहोर्नु पर्नेछ । १४ वर्ष पुगेपछि भने बालबालिकाहरूले अभिभावकको स्वीकृति लिएर मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाउनेछन् । पछिल्लो समय अमेरिकाभर बालबालिकाहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाइसेन्स प्रकरण : यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ
-
मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन
-
इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद
-
उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद
-
मत प्रभावित पार्न खोजेपछि इलाममा ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ
-
लगानी सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी सहभागी हुँदै