रिमेकमा आयो ५० वर्ष अघिको ‘ढुंगे बगर..’
बुधबार, १४ चैत २०८०, २१ : ००
काठमाडौँ । ५० वर्ष अघिको चर्चित गीत ‘ढुंगे बगर माया ढुंगे बगर’ रिमेकमा आएको छ । गायिका तीर्थकुमारी थापा र गायक लालबहादुर खातीको स्वर रहेको गीत रिमेकमा गायिका तीर्थकुमारी र गायक सुरजकुमार थापाको स्वर छ ।
गीतलाई ५० वर्षअघि लालबहादुर खातीले संकलन गरेका थिए । नयाँ गीतमा सुरजकुमार थापाले रि–एरेन्ज गरेका छन् । यसका सर्जक तथा दिवंगत गायक खातीप्रति समर्पित गर्दै नयाँ गीत ल्याइएको हो ।
गीतको श्रव्य दृश्य रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको छ । निश्चल श्रेष्ठको छायाङ्कन, बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको भिडियो तुलसीभक्त कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण