शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव फेला

बुधबार, १४ चैत २०८०, २१ : ४१
बुधबार, १४ चैत २०८०

काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानमा युवतीको शव भेटिएको छ । पाँचथरको फाल्गुनन्द नगरपालिका–३  घर भएकी अन्जु लिम्बुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेशराज सुवेदीले रातोपाटीलाई बताए । 

३४ वर्षीया अन्जु आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् । डेरामा सुतिरहेको अवस्थामा मृत भेटिएकी अन्जु एकान्तकुना स्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् । 

डेरामा मदिराको बोतल पनि फेला परेको छ । उनी शुक्रबारदेखि काममा गएकी थिइनन् । केहीदिन अघि नै मृत्यु भएको जस्तो देखिएको एसपी सुवेदीले बताए । उनले भने,‘घटनाबारे अनुसन्धान सुरु गरेका छौँ ।’ अन्जुको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप