शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय विकास समस्या समाधान समिति बैठक

वित्तीय समानीकरण अनुदान नघट्ने, सशर्त अनुदान घट्ने

बिहीबार, १५ चैत २०८०, १४ : ३९
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान नघट्ने स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बरु सशर्त अनुदान भने घटाउँदै लगिने बताए । 

‘वित्तीय समानीकरण अनुदान घटाइँदैन । बरु सशर्त अनुदान घटाउँदै लगिन्छ ।  विशेष अनुदानको विषयमा विशेष रुपले नै सोचिन्छ’, प्रधानमन्त्रीले भने।  उनले प्रदेश र स्थानीय तहले समानीकरणको बारेमा अनिश्चियको आधारमा बस्नु नपर्ने भन्दै सोहीअनुसार नीति कार्यक्रम बनाउन सक्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप