शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण

बिहीबार, १५ चैत २०८०, २३ : ०५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधेकी छन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूलाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए कानुन बमोजिम कारबाही हुने सचिवालयले जनाएको छ ।

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिना जानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी उपर कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

कार्यसम्पादनको आधारमा कर्मचारीहरूको मूल्याङ्कन गरी सोहीबमोजिम प्रोत्साहन गरिने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप