शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला

बिहीबार, १५ चैत २०८०, २३ : ०५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । 

उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप