शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन

शुक्रबार, १६ चैत २०८०, १० : ०५
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी ल्यारी लोयडको ७५ वर्षको उमेरमा निधन भएको छ । डिफेन्डर लोयडले इङ्लिस क्लब नटिङ्घम फरेष्ट र लिभरपुलबाट लामो समय व्यावसायिक फुटबल खेलेका थिए । 

उनले इङ्गल्यान्डको उमेर समूहको टोली र राष्ट्रिय टोलीबाट पनि फुटबल खेलेका थिए । उनको बिहीबार निधन भएको समाचारमा जनाइएको छ । नटिङ्मघ फरेष्टले सन् १९७७–७८ सिजनमा इङ्लिस प्रिमियर लिगको उपाधि चुम्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । 

लोयडले नटिङ्घम फरेष्टलाई सन् १९७८–७९ र सन् १९७९–८० सिजनको युरोपियन कपको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९७२–७३ सिजनमा लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो । 

सोही सिजन उनले लिभरपुललाई यूईएफए कपको उपाधि पनि चुमाएका थिए । ‘ल्यारी लोयडको निधनको समाचारले हामी स्तब्ध: भएका छौँ । क्लबलाई ठुला सफलताहरू दिलाउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हामी उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ,’ नटिङ्घम फरेष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप