‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा देखिएका छन् । सबै कलाकारको रोमान्टिक मुड पोस्टरमा समेटिएको छ ।
फिल्ममा साम्राज्ञी, निश्चल, कबिर र गरिमाको अलवा अलवा रुस्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय छ । निश्चल र गरिमाको यो डेब्यु फिल्म हो ।ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत, परी राना निर्माताका रूपमा रहेका छन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माताको रूपमा छन् ।
अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्दै छ ।
_dcE6ck0dPr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण