आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
शुक्रबार, १६ चैत २०८०, ११ : ०८
काठमाडौँ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।
आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ ।
इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराई सक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण