नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति
लन्डन । पन्जाब नेशनल बैंक (पीएनबी) घोटालाका माष्टर माइन्ड नीरव मोदीको लन्डनस्थित लक्जरी भवन बेच्ने अनुमति दिइएको छ । बुधबार लन्डनको उच्च अदालतले भवनको स्वामित्व रहेको ट्रस्टलाई घर बेच्न अनुमति दिएको हाे ।
यो भवनमा मोदी र उनको परिवार बस्दै आएको छ । तर यो भवन बेचेर आएको पैसा मोदीले चलाउन भने पाउने छैनन् ।
यो भवन ५२ करोड ५० लाख पाउन्ड भन्दा कम मूल्यमा बेच्न नपाउने बताइएको छ । यो घर मध्य लन्डनको मैरीलबोन क्षेत्रमा रहेको छ । यो घर मोदीले सन् २०१७ मा एउटा ट्रस्टको नाममा गरिदिएका थिए ।
यो ट्रष्टचाँहि मोदीले आफ्नो बहिनी र परिवारका अन्य सदस्यको नाममा खोलेका हुन् । यो घर बेचेको पैसा छुट्टै खातामा राखेर बैंक घोटालाको रकम भर्पाई गरिने बताइएको छ ।
मोदी १ खर्ब १३ अर्ब भारुको पीएनबी घोटाला र सम्पत्ति शुद्धीकरण मामिलाका आरोपी हुन् । भारतको प्रवर्तन निर्देशनालय र सीबीआईले उनीमाथि कयौं मुद्दा हालेका छन् ।
उनलाई बेलायतबाट दिल्ली ल्याउन निकै प्रयास भइरहेको छ । सन् २०१९ को मार्च १९ मा ईडी र सीबीआईले जारी गरेको पक्राउ पुर्जीको आधारमा बेलायत प्रहरीले मोदीलाई समातेको हो ।
सन् २०२१ मा बेलायतकी तत्कालीन गृहमन्त्री प्रीति पटेलले मोदीको सुपुर्दगीका लागि आदेश दिएकी थिइन् । मोदीले यस मामिलामा सर्वोच्च अदालतमा मुद्दा पनि हारिसकेका छन् । तर अप्ठ्यारो कानुनका कारण उनको सुपुर्दगी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण