शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति

शुक्रबार, १६ चैत २०८०, १२ : ०८
शुक्रबार, १६ चैत २०८०

लन्डन । पन्जाब नेशनल बैंक (पीएनबी) घोटालाका माष्टर माइन्ड नीरव मोदीको लन्डनस्थित लक्जरी भवन बेच्ने अनुमति दिइएको छ । बुधबार लन्डनको उच्च अदालतले भवनको स्वामित्व रहेको ट्रस्टलाई घर बेच्न अनुमति दिएको हाे ।

यो भवनमा मोदी र उनको परिवार बस्दै आएको छ । तर यो भवन बेचेर आएको पैसा मोदीले चलाउन भने पाउने छैनन् ।

यो भवन ५२ करोड ५० लाख पाउन्ड भन्दा कम मूल्यमा बेच्न नपाउने बताइएको छ । यो घर मध्य लन्डनको मैरीलबोन क्षेत्रमा रहेको छ । यो घर मोदीले सन् २०१७ मा एउटा ट्रस्टको नाममा गरिदिएका थिए ।

यो ट्रष्टचाँहि मोदीले आफ्नो बहिनी र परिवारका अन्य सदस्यको नाममा खोलेका हुन् । यो घर बेचेको पैसा छुट्टै खातामा राखेर बैंक घोटालाको रकम भर्पाई गरिने बताइएको छ ।

मोदी १ खर्ब १३ अर्ब भारुको पीएनबी घोटाला र सम्पत्ति शुद्धीकरण मामिलाका आरोपी हुन् । भारतको प्रवर्तन निर्देशनालय र सीबीआईले उनीमाथि कयौं मुद्दा हालेका छन् ।

उनलाई बेलायतबाट दिल्ली ल्याउन निकै प्रयास भइरहेको छ । सन् २०१९ को मार्च १९ मा ईडी र सीबीआईले जारी गरेको पक्राउ पुर्जीको आधारमा बेलायत प्रहरीले मोदीलाई समातेको हो ।

सन् २०२१ मा बेलायतकी तत्कालीन गृहमन्त्री प्रीति पटेलले मोदीको सुपुर्दगीका लागि आदेश दिएकी थिइन् । मोदीले यस मामिलामा सर्वोच्च अदालतमा मुद्दा पनि हारिसकेका छन् । तर अप्ठ्यारो कानुनका कारण उनको सुपुर्दगी हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप