शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो

शुक्रबार, १६ चैत २०८०, १६ : २३
शुक्रबार, १६ चैत २०८०

बेइजिङ । चीनले अस्ट्रेलियन वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ । तीन वर्षभन्दा बढी अवधिमा यो शुल्क हटाइएको हो । यो शुल्कका कारण अस्ट्रेलियाको वाइन उद्योग चौपट भएको छ । देशभरमा चार वर्षलाई पुग्ने वाइन थुप्रिएको छ । चीन र अस्ट्रेलियाबिच यो अतिरिक्त शुल्क विवादको ठुलो कारण बनेको थियो ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अतिरिक्त शुल्क लगाउन अब जरुरी नभएको भन्दै अस्ट्रेलियाबाट आयात गरिने वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाइएको बताएको थियो । क्यानबेरा र बेइजिङबिच सहमति भएको पाँच महिनाको समीक्षा अवधि सकिनु भन्दा दुई दिन अघि शुक्रवारदेखि यो लागू भएको छ ।

यो निर्णयसँगै अस्ट्रेलियाबाट आयात हुँदै आएको वाइनमा लाग्दै आएको २१८ प्रतिशतसम्मको अतिरिक्त शुल्क खारेज भएको छ । चीन अस्ट्रेलियाको सबैभन्दा ठुलो वाइन बजार थियो । हरेक वर्ष चीनले १ अर्ब अस्ट्रेलियन डलरभन्दा बढीको वाइन किन्दै आएको थियो । तर अतिरिक्त शुल्कका कारण त्यहाँ वाइनको निर्यात ठप्प प्रायः बन्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप