सिरियाको व्यस्त बजारमा कार बाम विस्फोट, कम्तीमा ७ जनाको मृत्यु
अलेप्पो । उत्तरी सिरियाको एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकै रहेको अलेप्पो प्रान्तको अजाज सहरमा भएको विस्फोटमा दर्जनौँ घाइते भएका छन् ।
राष्ट्रपति बसर अल–असादसँग लडिरहेको टर्कीसमर्थक लडाकुहरूले सञ्चालन गरिरहेको उक्त सहरमा कसले विस्फोट कसले गरायो भन्ने हालसम्म खुल्न सकेको छैन । टर्कीका सैनिक र उनीहरूको समर्थकहरूले दुई देशको सीमा क्षेत्रको ठुलो हिस्सामा नियन्त्रण गर्दछन् ।
बम विस्फोट हुँदा बजारमा सर्वसाधारणहरू ईद उल फितरका लागि सामग्री खरिद गर्न व्यस्त रहेका थिए । सिरियामा कार्यरत स्वयंसेवक संस्था द ह्वाइट हेल्मेट्सले मारिनेमा दुईजना बालबालिका पनि रहेका छन् ।
घटनापछिको भिडियोमा एउटा क्षतिग्रस्त कारमा आगो लागिरहेको र जमिनमा घाइतेहरूको शरीर छरिएको दिएको छ । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण