शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाको व्यस्त बजारमा कार बाम विस्फोट, कम्तीमा ७ जनाको मृत्यु

आइतबार, १८ चैत २०८०, १५ : ३४
आइतबार, १८ चैत २०८०

अलेप्पो । उत्तरी सिरियाको एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकै रहेको अलेप्पो प्रान्तको अजाज सहरमा भएको विस्फोटमा दर्जनौँ घाइते भएका छन् ।

राष्ट्रपति बसर अल–असादसँग लडिरहेको टर्कीसमर्थक लडाकुहरूले सञ्चालन गरिरहेको उक्त सहरमा कसले विस्फोट कसले गरायो भन्ने हालसम्म खुल्न सकेको छैन । टर्कीका सैनिक र उनीहरूको समर्थकहरूले दुई देशको सीमा क्षेत्रको ठुलो हिस्सामा नियन्त्रण गर्दछन् ।

बम विस्फोट हुँदा बजारमा सर्वसाधारणहरू ईद उल फितरका लागि सामग्री खरिद गर्न व्यस्त रहेका थिए । सिरियामा कार्यरत स्वयंसेवक संस्था द ह्वाइट हेल्मेट्सले मारिनेमा दुईजना बालबालिका पनि रहेका छन् । 

घटनापछिको भिडियोमा एउटा क्षतिग्रस्त कारमा आगो लागिरहेको र जमिनमा घाइतेहरूको शरीर छरिएको दिएको छ । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप