अन्तिम टी-२० खेल
नेपाली ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, ११ रन बनाउँदै आउट भए कप्तान विनोद भण्डारी
सोमबार, १९ चैत २०८०, १३ : २६
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका हुन् ।
४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण