मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा हिमानी, क्यालिफोर्नियाको मुक्तिनाथ धाममा पूजाआजा

सोमबार, १९ चैत २०८०, १६ : ०८
सोमबार, १९ चैत २०८०

क्यालिफोर्निया । पूर्व युवराज्ञी  हिमानी शाह हाल अमेरिका भ्रमणमा छिन् । अमेरिका पुगेको अवसरमा उनले  रिचमन्डमा केही अघिमात्र  प्राणप्रतिष्ठा सम्पन्न  भएको मुक्तिनाथ धाममा  पूजाआजा गरेकी छन् । 

सो अवसरमा नेपालीहरूले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै उनले मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । आइतबार नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित विशेष धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई आफूले हृदयमा राखेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप