शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा घाटगद्दीको काठमा आगलागी, नियन्त्रणको प्रयास जारी

सोमबार, १९ चैत २०८०, १९ : ३४
सोमबार, १९ चैत २०८०

रौतहट । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसो आगलागी भएको हो । आगो अझै नियन्त्रणमा लिन नसकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

गैडाटार सवडिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार ती काठ नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरिएको थियो ।

सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताए । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप