बलिउड र्यापर ‘मेलो डी’ नेपाल आउने
काठमाडौँ । बलिउड गायक र र्यापर ‘मेलो डी’ नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर दरबार मार्गस्थित क्लब नेक्ससमा आयोजना हुने ‘मेलो डी लाइभ’ सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।
एल एन्ड एन एजेन्सीको आयोजना रहेको कार्यक्रममा उनले विभिन्न बलिउड गीतबाट दर्शक झुमाउनेछन् । आयोजक एल एण्ड एनका प्रबन्ध निर्देशक नितिन कायस्थले नेपालीका लागि नयाँ वर्ष विशेष बनाउन ‘मेलो डी लाइभ’ कार्यक्रम आयोजना गरिएको बताए ।
उनले समकालीन विटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्युजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ ।
एलएण्डएनले यसअघि बलिउड कलाकार र्यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिसकेको छ ।
मेलो डी बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरमा पर्छन् । युवा पुस्ता माझ चर्चित उनले ‘फाइटर’ फिल्मको ‘इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ को ‘तेरे आंखे भूल भुलैया’, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चर्चित गीतहरू दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण