बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् १२ वर्षे शिकाली जात्राको नाच
जात्रा

तस्बिरमा हेर्नुस् १२ वर्षे शिकाली जात्राको नाच

शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । काठमाडौँ दरबार स्क्वायरमा रहेको नाशल चोकमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ । 

गत मङ्सिर १३ गते ललितपुरको खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्राको नाच माघ १९ गते ललितपुरको पाटनमा देखाइएको थियो ।

पाटनको विभिन्न स्थानमा प्रदर्शन गरिएपछि माघ २० गते यो जात्रा खोकना फर्केको थियो । जात्रा काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा मनाउने चलन छ । सो बस्तीमा हरेक १२ वर्षमा मनाइने यो जात्रा खोकनाबाहिर पनि मनाउने गरिएको छ ।

सोही क्रममा श्री रुद्रायणी देवी १२ वर्षे जात्राको क्रममा चैत २२ गते शिकाली देवगणहरू काठमाडौँको पचली आइपुगेका थिए । पचलीबाट मुकुट र वस्त्र लगाई काठमाडौँको विभिन्न स्थानहरू पचली, मचली, पुखुस, चल्खु, स्वताःमुगः, शिकाली, ह्युमत, तुकंबहाः, प्याफः लगायतका स्थानमा पुगी मखन महादेव हनुमानढोका हुँदै चैत २३ गते शुक्रबार नाशल चोकमा नचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया