मुलुकमा नयाँ पार्टीका नाममा ताण्डव नृत्य देखाइरहेका छन् : सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन् । रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गरे । उनले पुरानो दलको विरोध गर्नेहरुले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाइरहेको बताए ।
‘बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरु थुप्रै आइरहेका छन् । तर तपाईं हामी सबैले एउटा के कुरा बुझ्नुपर्यो भने हामी पार्टीको क्षेत्रीय सम्मेलनमा उपस्थित भएका छौं’ उनले भने, ‘नेपाली कांग्रेस अरु पार्टीहरु जस्तो होइन । नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापना गर्नका लागि र प्रजातान्त्रिक पद्धति अनुसार यो देशमा सुशासन गरेर देशलाई अघि बढाउनुपर्छ ।’
उनले भर्खर आएका पार्टीका नेताहरु थुप्रै काण्डमा फसेको समेत बताए । उनले भने, ‘भर्खर आएका छन् । ठूल्ठूला कुरा गर्छन् । र आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठूलो दलले काम गरेन भनेर सुख पाइन्छ ? भर्खर आएका पार्टीहरु ठूल्ठूला सुशासनका कुरा गर्दछन् । सुशासनका कुरा गर्ने नेताहरु कुनकुन काण्डमा फसिरहेका छन भन्ने कुराचाहीँ सबैले देखिरहेका छन् ।’
नेता सिंहले कांग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण