मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गैरआवासीय नेपाली व्यावसायी संघ’ खोल्ने तयारी

आइतबार, २५ चैत २०८०, १७ : ००
आइतबार, २५ चैत २०८०

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गौरीराज जोशी अलग्गै संस्था स्थापनामा गर्ने तयारीमा जुटेको बताएका छन् । उनले ‘गैरआवासीय नेपाली व्यावसायी संघ’ दर्ताको अन्तिम तयारीमा रहेको बताए । 
अमेरिका रहेका उनले एनआरएनएका अग्रजहरुको गोटी नबन्ने र आफ्नै अस्तित्व निर्माण गर्ने उद्देश्यसहित संस्था दर्ताको अन्तिम तयारी गरिरहेको बताए । ‘हाम्रो उद्देश्य भनेको डायस्पोरामा व्यवसाय गरिरहेका नेपालीहरुलाई एउटै संस्थामा आबद्ध गराउने र नेपालमा लगानी गर्ने नै हो । पहिलो चरणमा हामी अमेरिका, युरोप र अष्ट्रेलियाका नेपालीहरुलाई समेटने छौं । त्यसपछि क्रमशः विस्तार गर्दै लैजाने छौं ,’ उनले आइतबार भने । 

सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेपछि  जोशीले हालकै परिस्थितिमा एनआरएनएमा आबद्ध भएर काम गर्ने संभावन नरहेको पनि बताए ।
नयाँ संस्थाको सम्पूर्ण तयारी पूरा भएको र केही दिनमै एक समारोहबिच संस्था सार्वजनिक गर्ने उनको भनाइ छ । ‘संस्था नेपालमा दर्ता गर्ने छैनौं । विदेशमै दर्ता गर्छौं । डायस्पोराका नेपाली व्यवसायीहरुलाई संस्थामा आबद्ध गराउँछौ । हक, हित र व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्छौ । त्यसका अलावा नेपाल सरकारसँगको सहकार्यमा नेपालमा लगानी भित्र्याउन सहयोग गर्छौ,’ उनले भने ।

एनआरएनएभित्र चरम राजनीति हावी भएको, एनआरएनएका अग्रज अभियन्ताहरुले प्रयोग मात्र गर्न खोजेको र गोटी बनाउन खोजेकोप्रति उनले आपत्ति जनाए । एनआरएनए अभियानबाट विदा लिएको बताउँदै जोशीले केही सिमित ब्यक्तिको रिमोटबाट एनआरएन चलाउन खोजेकाले आफू बाहिर बसेको बताए ।

सर्वोच्च अदालतले बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले १० औँ र ११ औँ महाधिवेशनबाट निर्वाचित सबैलाई अमान्य ठहर गरेपछि एनआरएनएभित्र निराशा बढेको छ ।  इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार मानिएका जोशी सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका थिए । उनी ११ औँ महाधिवेशनमा बद्ी केसी पक्षबाट महासचिव बनेका थिए । अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशीले  नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायतमा लगानी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप