कास्कीमा साइबर अपराध बढ्यो, तीन महिनामा साढे २ करोड ठगी
पोखरा । कास्कीमा साइबर अपराधका घटना निरन्तर बढिरहेको छ । प्रविधिको विकाससँगै पछिल्लो समय साइबर अपराधको दर बढेको हो ।
माघदेखि चैतसम्ममा ४०८ वटा साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग तथा अनधिकृत पहुँचका २२० निवेदन दर्ता भएको छ भने २१ निवेदन उपर अनुसन्धान भइरहेको छ । १९९ निवेदन साइबर ब्युरोमा फरवार्ड गरिएको उनले जनाए ।
अनलाइन ठगीका १८८ निवेदन परेकोमा १५ निवेदन पर्स्यौट भएको छ । तीन महिनाको अवधिमा मात्रै दुई करोड ५३ लाख २१ हजार १३७ रुपैयाँ अनलाइन ठगी भएको छ ।
अनलाइनमा सामान खरिद गर्दा सबैभन्दा बढी ठगीमा परेको कास्की प्रहरी प्रवक्ता शर्माले बताए । प्रहरीले साइबर अपराध नियन्त्रणका लागि ३३ ठाउँमा अन्तरक्रिया गरेको थियो ।
साइबर अपराधसँगै बैकिङ कसुरका घटना पनि उत्तिकै बढेको छ । साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ६०३ वटा यस्ता घटना दर्ता भएका छन् । दैनिक औसतमा ६ वटाका दरले यस्ता घटना दर्ता भएको र त्यसमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ४० प्रतिशत घटना रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण