काठमाडौँको दुई स्थानमा दिनदहाडै चोरी
काठमाडौँ । काठमाडौँ जिल्लाका दुई स्थानमा दिनदहाडै चोरी भएको छ । काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको हो ।
काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण