विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक
काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनी आफ्नो नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोह पक्राउ परेको बताए । उनले पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका ४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई पक्रा गरिएको बताए ।
उनले बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाओ, टर्की लगायतका देशमा जान अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाइ करिब ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाइ रकम लिने गरेको खुलेको बताए । उनले पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको बताए ।
यसको मुख्य गिरोहहरू भारतमा बसी काम गर्ने गरेको पनि उनले बताए । ४२२ जनाबाट करिब ३ करोड भन्दा बढी रकम उठाएको बताए । महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि बताए ।
कार्यालयले सोमबार कतारबाट काठमाडौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाही मलंगवा ३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेको बताए । उनले कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज अजिम अलीलाई दिनु भनी निजको मोबाइल नम्बर दिई पठाएको र पीडित काठमाडौँमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आइ रिसिभ गरेको भन्ने बुझिएको बताए । निज अजिम अलीले सुन आफूले नपाएको भनी आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनी धम्की दिएको बताए ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको र उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण