शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश सरकार

नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ

मङ्गलबार, १८ वैशाख २०८१, १३ : ४३
मङ्गलबार, १८ वैशाख २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने विज्ञप्ति जारी गरेकी थिइन् ।

मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । 

अब मुख्यमन्त्री सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप