नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने विज्ञप्ति जारी गरेकी थिइन् ।
मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् ।
अब मुख्यमन्त्री सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण