सोमबार, १० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भौतिक मन्त्रालय नपाएपछि शाहले गरे शपथ बहिस्कार

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ०८
मङ्गलबार, १८ वैशाख २०८१

सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट बनेका छन् । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार  गरेका हुन् । 

कर्णाली प्रदेशमा कँडेल र शाहबिच गुटगत राजनीति छ । यस्तै मुख्यमन्त्री कँडेलले शाहकै निर्वाचन क्षेत्रकी सांसद गोमता विकलाई राज्यमन्त्री बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप