डढेलो
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
कुष्ठरोग अस्पतालका बिरामीलाई सारियो
मङ्गलबार, १८ वैशाख २०८१, १३ : ५०
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।
उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । एसपी सुवेदीका अनुसार शङ्कर प्रहरीको अवस्था गम्भीर छ।
यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण