शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फेवातालमा विपद् उद्धारसम्बन्धी अभ्यास

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३८
मङ्गलबार, १८ वैशाख २०८१

कास्की । कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा सोमबार विपद् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सो अभ्यास गरेको हो ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र विभिन्न संघसंस्थाका प्रमुखहरूको समेत उपस्थित रहेको थियो । कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले हावाहुरी, आँधीबेहरी तथा चट्याङ्गबाट उत्पन्न हुने विपद् प्रकोपको घटनामा परेकाहरूको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप