फेवातालमा विपद् उद्धारसम्बन्धी अभ्यास
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३८
कास्की । कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा सोमबार विपद् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सो अभ्यास गरेको हो ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र विभिन्न संघसंस्थाका प्रमुखहरूको समेत उपस्थित रहेको थियो । कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले हावाहुरी, आँधीबेहरी तथा चट्याङ्गबाट उत्पन्न हुने विपद् प्रकोपको घटनामा परेकाहरूको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण