भित्र केन्द्रीय समिति बैठक, बाहिर नेविसंघको नाराबाजी (फोटोफिचर)
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।
साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएकाे थियाे ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेविसंघकाे मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने वचन दिएको काफ्लेले बताए।
साे अघि नेविसंघका कार्यकर्ताले सभापति देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल महाधिवेशनको मिति तोकिनुपर्नेलगायतका माग समेत गरेका थिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले अध्यक्ष नैनसिंह महरले विधानको धज्जी उठाउँदै टीकेप्रथा कायम गरेको भन्दै त्यसलाई खारेज गरी विधिसम्मत ढंगले संगठन चलाउँदै तत्काल १२ औं महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने उद्देयले नेतृत्वलाई ज्ञापनपत्र बुझाइएको रातोपाटीलाई जानकारी दिए ।
हालैमात्रै अध्यक्षले कास्की र त्रिचन्द्रमा कलेजमा विना प्रतिस्पर्धा नेतृत्व चयन गरेको आरोप लगाउँदै उनले आफूहरुको जोड प्रतिस्पर्धा र विद्यार्थीकै जनमतबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने रहेको उनको भनाई छ । यसअघि बिहानै नेता रामचन्द्र पौडेल पक्षधरका विद्यार्थीले पनि उस्तै प्रकृतिका माग राख्दै सभापति देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण