बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दिव्यन्दु मिर्जापुर ३ को हिस्सा नबन्ने, भने - म मुन्ना भैयाको भूमिकामा देखिने छैन

सोमबार, २६ चैत २०८०, ०६ : ५९
सोमबार, २६ चैत २०८०

मुम्बई । दिव्यन्दु शर्मा अब चर्चित वेब सिरिज मिर्जापुर-३ मा ‘मुन्ना भैया’को भूमिकामा देखिने छैनन् । दिव्यन्दु आफैले हालैको एक अन्तर्वार्तामा यसको खुलासा गरेका हुन् । 

उनले तेस्रो सिजनमा नदेखिने बताए । अहिले यो पात्रमा निसास्सिएको महसुस भएको उनी बताउँछन् । ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा दिव्यन्दुले भने, ‘म घोषणा गर्छु कि म मिर्जापुर सिजन ३ को हिस्सा हुँदिन ।’

दिव्यन्दुको यो भनाइले मुन्ना भैयाको चरित्रलाई सिजन २ को फाइनलमा मारिएको प्रमाणित गर्छ । यद्यपि, फ्यानहरू आशावादी थिए कि उनले निश्चित रूपमा सिजन ३ मा बलियो पुनरागमन गर्नेछन्। तर दिव्यन्दु आफैंले यो सम्भावनालाई अन्त्य गरेका छन्।

मुन्ना भैयाको क्यारेक्टरको वर्णन गर्दै दिव्यन्दुले भने, ‘मेरो लागि मुन्नाको क्यारेक्टर निस्सन्देह डिस्टर्बिंङ क्यारेक्टर थियो । यद्यपि मलाई सुरुदेखि थाहा थियो कि यो एक शक्तिशाली भूमिका थियो। तर मैले बब्लुको भूमिकाका लागि पहिलोपटक अडिसन दिएँ । तर, केही समयपछि मुन्नाको भूमिकाका लागि म बढी उपयुक्त छु भन्ने महसुस भयो ।’

उनले थप भने, ‘जब म यो क्यारेक्टरमा थिएँ, यसले मेरो व्यक्तित्वमा धेरै प्रभाव पारेको थियो । हामीले कुनै पनि चरित्रको गहिराइमा जानुहुँदैन किनभने यो धेरै सजिलो छैन। कहिलेकाहीँ यो भूमिका मेरो लागि अन्धकार बन्यो। यसले मलाई निसास्साउन थाल्यो ।’ दिव्यन्दुले भने, ‘जब तपाईं यस्तो पात्रबाट बाहिर निस्कनुहुन्छ, तब थाहा हुन्छ कि तपाईं वास्तवमा कस्तो अन्धकारमा हुनुहुन्थ्यो ।’

मिर्जापुरको पहिलो सिजन १६ नोभेम्बर २०१८ मा अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिएको थियो। जसमा पंकज त्रिपाठी, अली फजल, कुलभूषण खरबन्दा, दिव्यन्दु शर्मा, विक्रान्त मेसी, रसिका दुग्गल, श्वेता त्रिपाठी जस्ता कलाकारहरु देखिएका थिए । दोस्रो सिजन २३ अक्टोबर २०२२ मा स्ट्रिम गरिएको थियो। अब यसको तेस्रो सिजन यसै वर्ष रिलिज हुँदैछ । हाल निर्माताले यसको रिलिज मिति भने घोषणा गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप