सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

मङ्गलबार, २७ चैत २०८०, २० : ४२
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूका लागि नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यू जोयज्, न्यू सेलिब्रेसन’ नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक प्लस डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हप्ता उपहार जित्न सक्ने कम्पनीले जनाएको छ। 

ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एक जना भाग्यशाली विजेताले ब्ल्याक प्लस डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्नेछन्। यस योजनामा सहभागी हुन ग्राहकहरूले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेन्टी कार्ड नम्बर भर्नुपर्नेछ । 

यसका साथसाथै ब्ल्याक प्लस डेकर का उपकरणहरूको तीस हजार माथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई र ब्ल्याक प्लस डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ । 

यो योजना चैत्र २७ गते देखी नेपाल अधिराज्यभरि सीमित अवधि को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर ब्ल्याक प्लस डेकर ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप