पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
सोमबार, २४ वैशाख २०८१, ०६ : २७
इस्लामाबाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश सन्दिग्ध चरमपन्थी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको हो।
गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ । मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन, तर 'पाकिस्तानी तालिबान' लडाकुहरूले यस क्षेत्रमा सुरक्षा बलमाथि आक्रमण गर्दै आएका छन्।
दोस्रो घटना दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तको हो। मोटरसाइकलमा यात्रा गरिरहेका चार सन्दिग्ध चरमपन्थीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएका थिए। जवाफी कारबाही यी चारजना पनि मारिएको सेनाले जनाएको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण