सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१४ औँ संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ मा १५० राइडर सहभागी हुने

मङ्गलबार, २७ चैत २०८०, २१ : ४०
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । १४ औँ संस्करणको रोयल इन्फिल्ड पोकर रन नेपाल आगामी चैत ३० गतेदेखि वैशाख १, २०८१ मनाइने भएको छ । नेपाली नयाँ वर्षलाई लक्षित गरेर स्याक्रेड समिटको आयोजना र रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको मुख्य प्रायोजनमा दुई दिन काठमाडौँ टू पोखरा मोटरसाइकल र्‍याली हुने भएको हो ।

हरेक वर्ष आयोजना हुँदै आएको पोकर रन मोटरसाइकल र्‍यालीलाई यो वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ । काठमाडौँ टू पोखरा २०० किलोमिटर यात्रा रहने यश र्‍यालीमा करिब १५० जना अनुभवी राइडरहरुको सहभागिता रहनेछ ।

चैत ३० गते बिहान नेपाल पर्यटन बोर्डबाट सुरु हुने र्‍याली त्रिपुरेश्वर-कलंकी हुँदै पोखरा पुग्नेछ । र्‍यालीमा सहभागी राइडरहरुलाई सो रात पोखराको होटल ल्यान्डमार्क, लेकसाइडमा गाँस, बास र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यावस्था गरिएको छ । 

आयोजकका अनुसार यस कार्यक्रममा रोयल इन्फिल्ड कम्पनीका सबै मोटरसाइकलधनीले भाग लिन पाउने छन् ।  

-पोकर रनको महत्त्वपूर्ण पक्ष

Picture2

यस कार्यक्रमको मुख्य र रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउँछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास  मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ । 

उक्त विजेताले विभिन्न कम्पनिद्वारा प्रायोजित विशेष उपहार प्राप्त गर्न सक्छ । 

कार्यक्रमकै दौरानमा चैत्र ३० गतेका दिन लाईभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरि सहभागीलाई  भरपुर मनोरञ्जन प्रदान गरिनेछ ।  

यस पटकको पोकर रन कार्यक्रममा नेपालसहित भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरू रहनेछन् । 

पोकर रन र्‍याली दिवंगत राइडर विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अस्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी संचालक स्टुअर्ट म्याक्लिनले मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक  राइडरहरुको सहभागितामा सुरुवात गरेका हुन् । यस पोकर रन नेपाल कार्यक्रम सुरुवाती दिनमा द इनफिल्ड रंदेभु एण्ड पोकर रनको नाममा संचालन भएकोमा सन् २०२१ देखि पोकर रन नेपाल नामाकरण गरिएको हो । सन् २०१५ मा हालसम्मकै उच्च ४१५ जनाको सहभनगिता रहेको र्‍यालीमा यो वर्ष १५० जना सहभागी हुदैछन् ।

यसको मुख्य उद्येश्य नेपालको पर्यटन प्रवर्धन नै रहेको आयोजकले जनाएको छ ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप