लन्डन म्याराथनमा भाग लिन पार्की शुक्रबार लन्डन जाने
बुधबार, २८ चैत २०८०, १८ : १३
काठमाडौँ । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बिदाइ गरे ।
लन्डन म्याराथन वैशाख ९ गते हुनेछ । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिँदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए ।
नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए ।
नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ । गोपीले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण