सुजाता र अमृतले ल्याए नयाँ लोकदोहोरी ‘आलु तामाले’
काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् ।
एक अर्कालाई मन पराउने केटा र केटीले एक अर्काको आमाले आफूलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ ।
गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।
सुशिल शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण