सङ्गीतकर्मी संघको दोहोरी विशेष समिति गठन, क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति
काठमाडौँ । राष्ट्रिय सङ्गीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ । बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरु शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मगर चयन भएका छन् । समितिको प्रवक्तामा सविता परियार निर्वाचित हुँदा आरके गैरे, रिता कार्की, दीपक दर्जी, विक्रम कार्की, विष्णु बराल, सृष्टि शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिति गठन गरिएको बताए ।
कार्यक्रममा लोक दोहोरी कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण