आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्गीतकर्मी संघको दोहोरी विशेष समिति गठन, क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति

बिहीबार, २९ चैत २०८०, १७ : २०
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । राष्ट्रिय सङ्गीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ । बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरु शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मगर चयन भएका छन् । समितिको प्रवक्तामा सविता परियार निर्वाचित हुँदा आरके गैरे, रिता कार्की, दीपक दर्जी, विक्रम कार्की, विष्णु बराल, सृष्टि शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिति गठन गरिएको बताए ।

कार्यक्रममा लोक दोहोरी कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप