सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

आईपीएलमा आज : जितको लयमा फर्कने राजस्थानको प्रयास

शनिबार, ०१ वैशाख २०८१, १० : २९
शनिबार, ०१ वैशाख २०८१

मोहाली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औँ खेलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल साँझ ७: ४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । 

१७ औँ सिजनमा राजस्थानको यो छैटौँ खेल हुनेछ । ५ खेलमा ४ जित हात पारेको टोली ८ अङ्कसहित पहिलो स्थानमा छ । राजस्थान आफ्नो पछिल्लो खेलमा गुजरातसँग पराजित भएको थियो। 

अर्कोतर्फ, पञ्जाबको पनि यो छैटौँ खेल हुनेछ। पञ्जाबले ५ मध्ये ३ खेलमा हार बेहोरेको छ भने २ खेल जितेको छ । टोली ४ अङ्कसहित आठौँ स्थानमा छ ।

rajasthan

  • हेड टु हेडमा राजस्थान अगाडि

आईपीएलमा पञ्जाब र राजस्थानबिच अहिलेसम्म २६ खेल खेलिएका छन् । यसमध्ये ११ मा पञ्जाब र राजस्थानले १५ मा जित हासिल गरेको छ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

  • पञ्जाबको मिडल अर्डर ब्याटिङ लाइन अप असफल

शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले प्रतियोगितामा निकै सङ्घर्षको सामना गर्नुपरेको छ । टोलीले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। 

pbks

यो वर्ष टोलीको खराब प्रदर्शनको कारण जोनी बेयरस्टो र जितेश शर्मा जस्ता ब्याट्सम्यानको खराब फर्म हो । फिनिसरको रूपमा काम गर्न शशांक सिंह र आशुतोष शर्मामा पञ्जाब फेरि निर्भर हुनेछ।

टोलीका लागि शिखर धवनले सर्वाधिक रन बनाएका छन् । उनले ५ खेलमा १५२ रन बनाएका छन् । अर्शदीप सिंहले सर्वाधिक ८ विकेट लिएका छन् ।

  • रोयल्सका ब्याट्सम्यान फर्ममा

राजस्थान रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै अहिलेसम्म चार खेल जितेको छ । जयपुरमा भएको खेलमा गुजरातसँग पराजित भएको थियो ।

chahal

टोलीका लागि सबैभन्दा बढी रन बनाएका युवा ब्याट्सम्यान रियान परागको नाममा २६१ रन छ । योसँगै ओपनर जोस बटलर पनि फर्ममा फर्किएका छन् । बलिङमा युजभेन्द्र चहल फर्ममा छन् र उनले सर्वाधिक १० विकेट लिएका छन् । उनले आज एक विकेट लिने बित्तिकै पर्पल क्याप पाउनेछन् ।

  • पिच रिपोर्ट

मोहालीको नयाँ मैदानमा आईपीएलको मात्र तेस्रो खेल हुँदैछ । यसअघि यहाँ पञ्जाबले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादको सामना गरेको थियो। यहाँको आईपीएल टोलीको उच्चतम स्कोर १८२ रन हो, जुन हैदराबादले पञ्जाब विरुद्धको अन्तिम खेलमा बनाएको थियो। यो रोमाञ्चक खेल हैदराबादले २ रनले जित्यो । यहाँ पहिले ब्याटिङ गर्ने टिम र रन पछ्याउने टिमले १–१ खेलमा जितेको छ ।

  • मौसम रिपोर्ट

शुक्रबार मुल्लापुरमा मौसम बदली रहनेछ । खेलको दिन तापक्रम २० देखि ३६ डिग्री सेल्सियसको बिचमा हुनेछ। पानी पर्ने सम्भावना छैन ।

  • दुवै टोलीको सम्भावित प्लेइङ-११

राजस्थान रोयल्स: सञ्जु सैमसन (विकेटकिपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, कुलदीप सेन र आवेश खान।

इम्प्याक्ट प्लेयर : रोभमान पावेल, नान्द्रे बर्गर, केशव महाराज।

पञ्जाब किंग्स: शिखर धवन (कप्तान), जोनी बेयरस्टो, साम कुरान, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, सिकन्दर राजा, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल र अर्शदीप सिंह।

इम्प्याक्ट प्लेयर : प्रभसिमरन सिंह।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप